Comments Add Comment

चितवनमा जुटे माओवादी, भन्छन्- बिभाजनबाट पाठ सिकियो

Chitwan-Maoist

३१ साउन, चितवन । एकीकृत नेकपा माओवादीवाट फुटेर टुक्रा-टुक्रामा विभाजित भएका चितवनका माओवादीहरु आज एक भएका छन् ।

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय भरतपुर कृष्णपुरमा आयोजित एकता अधिवेशनबाट माओवादीहरु एक भएको घोषणा गरिएको हो । कार्यक्रममा प्रचण्ड, वैद्य, विप्लव, मातृका यादव, मणी थापा निकट नेता-कार्यकर्ताहरुबीच एकता घोषणा गरिएको हो ।

सो अवसरमा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अमिक शेरचनले माओवादीहरुले फुटको राजनीतिवाट ठूलो पाठ सिकेकाले अब नयाँ उत्साहका साथ एकताबद्ध भई नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा केन्द्रीय सल्लाहकार खम्बासिहं गुरुङले माओवादी एकजुट भएकोमा खुसी व्यक्त गर्दै यसलाई संस्थागत गरी अघि बढ्न सुझाव दिए ।

नेताहरु नारायण दाहाल, सूर्य सुवेदी, चित्रबहादुर श्रेष्ठ, इश्वरी भट्टलगायतले माओवादीहरु एकजुट हुनुको किकल्प नरहेको बताएका थिए ।

कार्यक्रममा ज्ञानु बस्नेत, अमृत थापा, खुसीराम पाख्रिन लगायतले बालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment