+
+
Shares

रेखाको स्वरमा रजनीको छमछमी, ‘माँ कसम’को भिडियो यस्तो बन्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३२ गते ११:४६

rajani kc ma kasam
रेकडिङको समयदेखि नै चर्चा पाएको चलचित्र ‘लालजोडी’मा समावेश ‘माँ कसम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नायिका रेखा थापाले आवाज दिएका कारण पनि चलचित्रको यो गीत रेकडिङको समयमा चर्चित बनेको थियो ।

रेखासँगै यो गीतमा प्रल्हाद तिमिल्सिनाले स्वर दिएका छन् । निर्देशक सुवेदीको नै शब्द रहेको गीतमा थानेश्वर गौतमले संगीत दिएका छन् ।
यो गीतमा नायिका रजनी केसी र मुख्य कलाकार ज्योती काफ्लेले अभिनय गरेका छन् । भदौ १७ गतेबाट रिलिज हुने चलचित्रलाई पूर्ण रुपमा कमेडी बिषयमा तयार पारिएको छ ।

निर्देशक सुवेदी चलचित्रको गीतसंगीत र ट्रेलरले पाएको प्रतिक्रियाबाट आफू उत्साहित भएको बताउँछन् । उनले भने-‘चलचित्रले पूर्ण मनोरञ्जन दिनुपर्छ । जसमा लालजोडी सफल हुन्छ भन्नेमा पूर्ण विश्वस्त छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?