Comments Add Comment

‘झुम्की’ ट्रेलरमा सरप्राइज निश्चल, दयाहाङ प्रहरी

dayahang rai in ghumki
चलचित्र ‘झुम्की’को ट्रेलर सार्वजनिक गरिएको छ । असोज ७ गते रिलिज हुने यो चलचित्रको ट्रेलरमा केही सरप्राइज पाटाहरु छन् भने केही रोचक कुराहरु छन् ।
अपिल बिष्टले निर्देशन गरेको चलचित्रको ट्रेलरमा निर्देशक निश्चल बस्नेत सरप्राइजको रुपमा देखिएका छन् । उनलाई आर्मीको भूमिकामा चलचित्रमा देख्न सकिनेछ । नायक दयाहाङ राइलाई प्रहरीको भूमिकामा देखाइएको छ ।

चलचित्रको शिर्ष भूमिकामा मलिना जोशीलाई देखाइएको छ । चलचित्रको मुहुर्तदेखि नायिका रीश्मा गुरुङ शिर्ष भूमिकामा रहेको अड्कल काटिएको थियो ।

मनोज आरसी पनि चलचित्रमा मुख्य भूमिकामा छन् । उनी र रीश्माको वरिपरी चलचित्र घुमेको ट्रेलरबाट वुझ्न सकिन्छ । रामबाबु गुरुङले चलचित्र लेखेका हुन् । अपिल विष्ट र सिने आट्सले मिलेर यो चलचित्र बनाएका हुन् । भदौ १० गतेबाट पोष्टपोन्ड भएर चलचित्रको रिलिज मिति असोज ७ गते पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment