३२ साउन, काठमाडौं । सोमबार आपूर्ति मन्त्रालयबाट खटिएको एक टोलीले कालोपुलस्थित बिगमार्टमा अनुगमन गर्यो ।
सुपरमार्केटमै उपभोग्य म्याद नाघेका सामग्री भेटियो । त्यसपछि टोलीले बिग मार्टको चारवटा सटरमा सिलबन्दी गर्यो । तर, मार्टले सरकारले लगाएको सीलबन्दी तोड्दै आज बिहान एउटा सटर खोलेको छ ।
मोटरसाइलको चावी निकाल्न भन्दै मार्टका कर्मचारी गोपाल थापाले सीलबन्दी तोडेपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा स्थानीयले खबर गरेका थिए ।
त्यसलगत्तै गएको सरकारी टोलीले हिजो लगाएको शील तोडेको पाइएपछि केहीबेर ती कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए ।
‘सरकारले म्याद नाघेका सामाग्री बेचेको भेटेपछि कारवाहीमा लागि सीलबन्दी गरेको थियो । तर, आजै शील तोडिएको छ । यो आपराधिक कार्य हो ।’ श्रेष्ठले भने ।
यसरी शील तोड्ने मार्टका सञ्चालकलाई कारवाही गर्न विभागले महानगरीय प्रहरी परिसरलाई पत्र पठाउँदैछ । सरकारले गरेको सीलबन्दी तोड्नु सार्वजनिक अपराध ऐन भएको विभागको दावी छ ।
प्रतिक्रिया 4