Comments Add Comment

भूखण्डीकरण रोक्न म मन्त्री भएको हुँः विक्रम पाण्डे

'माडी बाँदरझुलाको सुकुम्बासी बस्ती स्थानान्तरण गरिने'

Bikram-Pande, RPP
१ भदौ, चितवन । भुमिसुधार तथा ब्यवस्था मन्त्री विक्रम पाण्डेले पछिल्लो समय भइरहेको अव्यवस्थित भुखण्डीकरणलाई रोक्न सरकार लागिपरेको बताएका छन् । उनले यसका लागि आफूले भू-नीति सम्बन्धी नै पहिलो निर्णय गरेको जानकारी दिए ।

रिपोर्टर्स क्लव नेपाल चितवन शाखाले बुधबार भरतपुर विमानस्थलमा गरेको साक्षात्कारमा मन्त्री पाण्डेले भने, ‘अहिले जतापायो त्यतै धमाधम प्लटिङहरु भइरहेका छन्, यसलाई रोक्न जरुरी छ, यसका लागि नै म मन्त्री भएको हुँ ।’

आफू मन्त्री भएको तीन दिन मात्र भएको भन्दै उनले सबै अवस्था बुझेर सही निर्णय लिने बताए ।

उनले माडी बाँदरझुलाको सुकुम्बासी बस्ती स्थानान्तरण गरिने पनि बताए । सुकुम्बासी बस्तीलाई सही स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढीसकेको उनले जानकारी दिए ।

मन्त्री पाण्डेले वर्षायामसम्म भने सो बस्तीलाई केही नगरिने बताए । उनले भने, ‘बस्ती स्थानान्तरण गर्नुपर्छ, उचित स्थान पहिचान गरी वर्षायामपछि मात्रै स्थानान्तरण हुन्छ ।’

मन्त्री पाण्डेले चितवन राष्ट्रिय निकुञ्जको सीमा नै हेरफेर भएको सम्बन्धी कुरा निराधार रहेको भन्दै त्यस्तो कुनै निर्णय नभएको दावी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका मन्त्री पाण्डेले राप्रपा नेपालसँगको पार्टी एकीकरण प्रक्रिया जारी रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment