+
+
Shares

नेयमारले गरे १४ सेकेण्डमै गोल, ब्राजिल फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २ गते ९:३१

Neyma२ भदौ, काठमाडौं । नेयमारले ओलम्पिककै इतिहासमा सबैभन्दा छिटो गोल गरेको छन् र, होन्डुरसलाई ६-० ले हराउँदै ब्राजिल रियो ओलम्पिकको पुरुष फुटबलको फाइनलमा पुगेको छ ।

आयोजक राष्ट्र ब्राजिलले अब उपाधिका लागि जर्मनीसँग खेल्नेछ । र, २०१४ को विश्वकपमा व्यहोरेको ७-१ को लज्जास्पद हारको बदला लिने मौका ब्राजिलसँग रहनेछ ।

बुधबार राति भएको खेलमा ब्राजिलका कप्तान नेयमारले मात्र १४ सेकेण्डमा नै गोल गरेका थिए । यो ओलम्पिकको इतिहासमा भएको सबैभन्दा छिटो गोल हो ।

यसअघि यो रेकर्ड क्यानडाका महिला फुटबलर जनिने ब्याकीको नाममा थियो । उनले अष्ट्रेलियाविरुद्ध १९ सेकेण्डमा गोल गरेकी थिइन् ।

घरेलु टोलीलाई फाइनलमा पुर्‍याउने क्रममा नेयमार र गाबि्रयल जेसिसले दुई दुई गोल गरे । लुना र मारक्विनहोसले गोल गरे ।

ब्राजिलले अहिलेसम्म ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण जित्ज सकेको छैन । उसले १९८४, १९८८ र २०१२ मा फाइनलमा हार व्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?