+
+

नेविसंघ अध्यक्ष महरले भने- प्रतिस्पर्धीसँग सल्लाह गरेर अघि बढ्छु

टिमको राजनीतिले संगठन बन्दैन: आचार्य

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २ गते १४:३३
Nainsing-Mahar-and-Manojmani-Acharya
अंकमालमा नैनसिंह महर र मनोजमणि आचार्य । तस्वीर: कविन अधिकारी/अनलाइनखबर

२ भदौ, काठमाडौं । नेविसंघका नवनिर्वाचित अध्यक्ष नैनसिंह महरले आफ्ना प्रतिस्पर्धी नेताहरुसँग सल्लाह र सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष महरले भने, ‘राजनीतिमा प्रतिस्पर्धा भए पनि सबैसँग सहकार्य र सल्लाहअनुसार गरेर अघि बढ्छु । मनोजमणि मेरो मित्र हो । विद्यार्थीको राजनीति सहकार्यमै अघि बढ्छ ।’

आचार्यले दिए शुभकामना

यसैगरी महरका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले महरको कार्यकालमा आफ्नो पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता जनाए । उनले महरलाई सफल कार्यकालको शुभकामना पनि दिए ।

आचार्यले भने, सबैको सहयोग लिएर मेरा मित्र महर अगाडि बढ्नुहुन्छ भन्ने मलाई विश्वास छ । आजबाट हामी नेविसंघलाई सहकार्य गरेर अघि बढाउने छौं । उहाँलाई कार्यकालको शुभकामना ।’

आफ्नो नेता आफैले छान्ने संस्कारको थालनी भएको भन्दै उनले पक्ष र विपक्षको टिमको राजनीतिले संगठन बन्न सक्दैन भन्ने कुरालाई ध्यानमा राख्न महरलाई सुझाव दिए ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा महर र आचार्य एकअर्कालाई अंकमाल गर्दै कार्यकर्ताहरुमाझ प्रस्तुत भएका थिए ।

एघारौं महाधिवेशनबाट नैनसिंह महर नेविसंघको अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?