Comments Add Comment

चीनले बनायो सामा गाउँ सीमासम्म सडक

China-Flag३ भदौ, काठमाडौं । तिब्बतको रुइढाक्यामा तीनदिने ब्रत पुजामा सहभागी हुन गएका गोरखा सामा गाउँका बासिन्दा पुजा सकेर गाडी चढी फर्किए ।

तिब्बती क्यालेन्डर अनुसार ६ महिनाको ४ गतेका दिन आयोजना भएको व्रत र पूजमा सहभागी हुन गएका स्थानीय ३० जना साभा गाउँका बासिन्दा ट्रक चढेर गाउँको सीमाको ३५ नम्बर पिल्लरसम्म आउन पाउँदा खुसीको सीमा रहेन । आजको अन्नपूर्णमा समाचार छ ।

गाउँका मान्छे पहिलोपटक गाउँमै मोटर चढ्न पाउँदा धेरै खुसी भए ।’ साम्दोका निमा दोजीले भने, ‘गाउँमै यसी गाडी चढ्न पाइएला भनेर कसैले सोचेका थिएन । तर, चीन सरकारले गाउँको सीमासम्म मोटर बाटो बनाएर गाडी कुदायो ।

उनीहरु रुईढाप्कादेखि सामा गाउँ र तिव्वतको सीमामा रहेको ३५ नम्बर पिलरसम्म गाडी चढेर आएका हुन् । गत बैशाखमा सडक निर्माण सम्पन्न भएको त्यहाँसम्म अहिले ट्रक, जिप, मोटरसाइकल चल्लने गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment