+
+
Shares

उद्योग दर्ता हुन्छन्, सञ्चालन हुँदैनन्

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ३ गते ६:११

३ भदौ, काठमाडौं । काभ्रेमा स्थापना भएका घरेलु तथा साना उद्योगमध्ये अधिकांश सञ्चालनमा आउन सकेका छैनन् ।

working atपर्याप्त जानकारी बिना अरुकको देखासिकी गरि उद्योग स्थापना गर्ने होडका कारण यस्तो अवस्था आएको हो ।

आफूले सञ्चालन गर्ने व्यवसायको भविष्य र त्यसका सम्भावनाका विषयमा राम्रो जानकारी नभई उद्योग दर्ता गर्ने प्रचलनले सञ्चालन हुन नसकेका आजको अन्नपूर्णमा समाचार छ ।

सरकारी र गैरसरकारी संघसंस्थाको अनुदान र सेवा सुविधाका लागि उद्योग दर्ता गर्नेको संख्ा बढेर ६ सय ३२ वटा दर्ता भएको घरेलु तथा साना उद्योग धुलिखेलले जनाएको छ । यस आवका उत्पादनमूलक ६८ सेवामुलक एक सय ९५ कृषि तथा वन अन्य दुई सय ९६ र पर्यटनमा ७३ उद्योग दर्ता भएका छन् ।

सरकारले दिने कृषि अनुदान प्राप्त गर्ने उदेश्यले उद्योग दर्ता भए पनि सञ्चालन नगर्ने परम्परासमेत विकास हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?