
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभामा ३ र प्रतिनिधिसभामा ४४ सांसद अनुपस्थित रहेर पनि नयाँ नीति तथा कार्यक्रम बहुमतले पारित भयो।
- संसद् बैठकमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि छलफलको जवाफ दिएपछि दुवै सदनले यसलाई बहुमतले स्वीकृति दिए।
- अगामी दिनहरूमा विनियोजन विधेयक र बजेट सम्बन्धी छलफलहरू आयोजना हुनेछन्।
२८ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गर्दा प्रतिनिधिसभामा ४४ र राष्ट्रिय सभामा ३ सांसद अनुपस्थित रहेको पाइएको छ ।
संसद् सचिवालयका अनुसार ५९ सदस्यीय राष्ट्रिय सभामा नीति तथा कार्यक्रम पारितका लागि निर्णयार्थ प्रस्तुत ५६ जना सांसद् उपस्थित थिए ।
सत्तारुढ दल नेपाली कांग्रेसका किरण बाबु श्रेष्ठ अनुपस्थित रहेका थिए । प्रतिपक्षी दल माओवादी केन्द्रका राधेश्याम पासवान र राष्ट्रिय जनमोर्चाका सांसद तुलबहादुर विश्वकर्मा पनि अनुपस्थित थिए ।
निर्णयार्थ प्रस्तुत भएको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा भने नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्दा ४४ जना सांसद अनुपस्थित रहे । प्रतिनिधिसभाबाट पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र फौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यत्रम प्रस्तुत गरेका थिए । त्यसपछि संसद्मा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो ।
छलफलमा उठेका प्रश्नहरूको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिए । प्रधानमन्त्रीले जवाफ दिएपछि सदनमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत भएको हो । जो बहुमतले दुवै सभाबाट पारित भएको छ ।
यो सँगै, आइतबार नै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
यसमाथि प्रतिनिधिसभामा चार दिन छलफल हुनेछ । सभामुख देवराज घिमिरेकाअनुसार यही वैशाख ३० गते, ३१ गते, जेठ १ गते र जेठ २ गते प्रतिनिधिसभामा प्रि–बजेट छलफल हुनेछ ।
प्रतिक्रिया 4