Comments Add Comment

पूर्व राजपरिवारले सिकार गरेका वन्यजन्तुको ओखेटोपहार कुहिँदै

tiger skin३ भदौ, काठमाडौं । तत्कालीन राजपरिवारले सिकार गरेका वन्यजन्तुको ओखेटोपहार (जीवजन्तुका हाड, छाला आदि)लाई सुरक्षित राख्न उचित पहल नहुँदा प्रायः सबै कुहिएका छन् । ओखेटोपहार कुहिएकाले ती राखिएको घर (फरासखाना) दुर्गन्धित बनेको छ ।

नारायणहिटी दरबार सङग्रहालयको पश्चिमतर्फ रहेको फरासखानामा ती ओखेटोपहार राखिएका थिए । राजपरिवारले नारायणहिटी दरबार छाडेर गएपछि फरासखाना बेवारिसे बनेको छ ।

त्यहाँ रहेका ओखेटोपहार सद्दे अवस्थामा छैनन् । नारायणहिटी दरबार सङग्रहालयका प्रमुख रोहित ढुङ्गानाले ओखेटोपहार कुहिएकाले तिनलाई सङग्रहालयमा राख्न नसकिने बताएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तत्कालीन राजपरिवारमा सबैभन्दा बढी सिकारको सोख तत्कालीन राजा महेन्द्रमा थियो । त्यसैले फरासखानामा राखिएका ओखेटोपहार बढीजसो राजा महेन्द्रले गरेका सिकारको रहेका छन् ।

सङ्ग्रहालयमा तत्कालीन राजाहरू त्रिभुवन, वीरेन्द्र, दीपेन्द्रका साथै ज्ञानेन्द्रले सिकारका क्रममा मार्नुभएका वन्यजन्तुको ओखेटोपहार राखिएका छन् ।

फरासखानामा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुका छाला, हाड, सिङ, खुर छन् ।

राजप्रासाद सेवाका पूर्व कर्मचारीहरूका अनुसार पञ्चायतकालमा देशका विभिन्न स्थानबाट बरामद गरिएका ओखेटोपहार पनि वन विभागमार्फत दरबारमा पठाइन्थ्यो र दरबारले फरासखानामा राख्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment