Comments Add Comment

पहिरो पीडित विद्यालयमा बसेपछि पठनपाठन अवरुद्ध

school full size३ भदौ, बैतडी। बैतडीको तल्लादेही–८ डाँडाखालीमा जमिन भासिएपछि स्थानीय बासिन्दा विद्यालयमा आश्रय लिएर बसेपछि पठनपाठन अवरुद्ध भएको छ ।

गत साउन २१ गते राति परेको वर्षाले आएको पहिरोका कारण चार घरपरिवार घरबारविहीन भएका छन् भने अन्य परिवार पनि जमिन भासिएपछि त्रसित बनेका छन् ।

चार घरपरिवार वस्तुभाउसहित विद्यालयमा बस्न थालेपछि स्थानीय लोखाडी प्राविमा पठनपाठन कार्य अवरुद्ध भएको हो । पठनपाठन कार्य अवरुद्ध हुँदा बालबालिका समस्यामा परेको तल्लादेही गाविसका सचिव डम्बरबहादुर बिष्टले जानकारी दिनुभयो ।

यही साउन २२ गतेदेखि चार घरपरिवार विद्यालयमै बसिरहेका छन् भने अन्य पनि रातिको समयमा विद्यालयमा बस्ने गरेको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिनुभयो । पीडितको पुनस्र्थापनाका लागि पहल भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

तत्कालका लागि चार घरपरिवारको पुनस्र्थापनाका लागि प्रयास गरिने प्रमुख जिल्ला अधिकारी चौधरीले जानकारी दिनुभयो । ५२ परिवार बसोबास गर्दै आएको डाँडाखाली जमिन भासिएर करिब डेढ फिट तल सरेको बताइएको छ ।

यसैबीच, तल्लादेहीका पहिरोपीडित परिवारको अस्थायी बसोबासको व्यवस्था मिलाउनका लागि शुक्रबार प्राविधिकको टोली तल्लादेही जाने भएको छ । टोलीले पहिरोबाट प्रभावित परिवारका लागि सम्भावित स्थानको खोजी गर्ने प्रजिअ चौधरीले जानकारी दिनुभयो । उहाँले तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था मिलाइने र तल्लादेहीको डाँडाखालीमा बस्ती नै अन्यत्र सार्नुपर्ने अवस्था आएपनि तत्कालका लागि घरबारविहीन भएका चार घरपरिवारलाई पुनस्र्थापनाका लागि प्रयास भइरहेको छ भन्नुभयो ।

पीडितको परिवारका लागि राहतका सामग्री जुटाउने कामसमेत भइरहेको प्रजिअ चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक टोलीले सम्भावित ठाउँको अध्ययन गरेलगत्तै पीडित परिवारलाई पुनस्र्थापनाको काम सुरु हुनेछ ।” यसअघि पनि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा पीडित परिवारलाई राहत वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment