Comments Add Comment

नेपाली ध्वजावाहकले पलायो आशाको त्यान्द्रो

NAC Airbus 320बैदेशिक रोजगारीका शिलशिलामा खाडी मुलुक कुबेतमा कार्यरत नेपालीहरूले कुबेतमा लामो समय बिताएको र थुप्रै अनुभव संगालेका छन तर जन्मभूमि फर्किदा सिधा उडान उड्ने त कल्पना मै सिमित भएको छ ।

बरु सस्तो र भनेको बखतमा टिकट पाएर जन्मभूमि नेपाल जान सजिलै पाए मात्र पनि सन्तोष मान्नु परेको छ भने चाडपर्वका बेला जन्मभूमि फर्किदा जति परे पनि तिर्छु घर जान पाए हुन्थ्यो भनेर भगवान पुकार्दै ट्राभल एजेन्टलाई घन्टी घुमाउने र ट्राभल धाउने हामी जस्ता कुबेतमा कार्यरत नेपालीहरुको बाध्यता भएको छ ।

तर बिगत ४ बर्ष देखि स्थगित भएको नेपाल एयरलाइन्सले बिहिबार देखि पुन दुबईबाट नेपाली ध्वाजा बाहक बिमान उडान गर्दा कुन चाही प्रबासी नेपालीको मन खुशीले गदगद भएन होला र ?  नेपाल एयरलायन्सको यो शुरूवातले चुड्न लागेको आशाको त्यान्द्रो फेरी जाग्न लागेको भान खाडीका अन्य मुलुकमा कार्यरत नेपालीहरुलाई समेत गराएको छ ।

नेपाल एयर्लाइन्सले काठमाडौं–दुबई–काठमाडौं उडानबाट सालभरिमा ४० हजार ५ सय् २८ यात्रुलाई सेवा दिने र बार्षिक धन्नै १ अर्ब रुपैयाँ आम्दानी गर्ने उद्देश्य राखेको र यसबाट बैदेशिक रोजगारीमा जाने नेपाली र तेस्रो मुलुकबाट नेपाल घुम्न आउने पर्यटकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने एयरलाईन्सले अनुमान लगाउनुको साथै लक्ष्य राखेको रहेछ ।

त्यसको फाइदा सफलता र प्रतिफल भविष्यमा देख्न अवश्य पाईएला। नेपाल एयरलाइन्सले २०४१ सालमा सुरु गरेको दुवई उडान यात्रालाई विमान अभावले २०६९ सालमा २८ वर्षपछि बन्द गर्दा सबै क्षेत्रबाट आलोचनाका स्वरहरु गुन्जिएका थिए ।

तत्कालिन समयमा काठमाडौं–कराची–दुबई उडान भरेको एयरलाइन्सले दुई ओटा बोइङ्ग खरिद गरेपछि युरोपको फ्राकंफर्टसम्म पुगेको रहेछ । त्यसताका बोइङ्ग काठमाडौंबाट दुबई हुँदै फ्राकंफर्ट पुग्ने र सोही रुट हुदै फर्किने गर्ने रहेछ ।

अब भनि सम्भव भए सम्म अधिकतम नेपाली कार्यरत मुलुकसम्म नेपाली ध्वाजाबाहक विमानले उडान भरोस भन्ने सबै प्रबासी नेपालीहरुको लागि चाहना बनेको छ । तर यी चाहना पुरा हुन नेपाली राजनीतिले गर्दा सपना जस्तै पनि लाग्छ ।तरपनि सपना देख्न पाइन्छ, आशा गर्न पाइन्छ भर पर्न नसके पनि होइनर ? तर आशा पनि मार्नु हुदैन ।

के दुबईमा कार्यरत नेपालीहरुले फेरी आफ्नै रास्ट्रिय ध्वाजा बाहक बिमानमा यात्रा गर्न पाउदा कुबेतबाट नेपाली ध्वाजाबाहक बिमान अर्थात नेपाल एयरलाइनसले हामीलाई पनि जन्मभूमिको लागि कुनै दिन उडान भर्न सम्भव होला ? त्यो पनि अझै सिधै उडानको ब्यबस्था होला ? आखिर त्यो पनि असम्भव त छैन नि ।

६/६ महिनामा फेरिने सरकार अनि नीति नियम र पर्यटन तथा उड्यन मन्त्रालय अनि मन्त्री पिच्छेको नियम त्यसैले बेला बखत प्रबासी नेपालीको खुशीमा तुषारो लागेको छ अन्यथा असम्भव भन्ने छँदै छैन ।  यसका लागि सरकारमा सामेल दलहरु, नेपाली नेताहरुको काम गर्ने कार्यशैलीमा परिबर्तन हुनु जरुरी छ ।

जनता र देशका लागि सोच्ने भन्दा आफु र आफ्ना परिवार आफ्नै आशेपाशे बारेमा सोच्ने दिनको अन्त्य हुनुपर्छ । दिगो शान्ति स्थिर सरकार, बिकासको लागि कार्ययोजना बनाई सुशासनयुक्त कार्यपालिका बनाउन जरुरी छ । अर्को कुरा बैदेशिक रोजगारीमा गएका नेपालीको रेमिट्यान्सले धानिएको मुलुक हाक्ने नेताहरुले पनि गम्भीर भएर सोच्न जरुरी छ ।

हाम्रो चाहना भनेको अझ नेपालमा बिमानको संख्या थपियोस युगौ युग नेपाली ध्वजावाहक बिदेशिभुमिमा पुगिरहुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment