
५ भदौ, काठमाडौं । सांसदहरुले गाईजात्राको दिन देशभर सार्बजनिक विदा दिन माग गरेका छन् । व्यवस्थापिका संसदको आइतबारको बैठकमा सांसदहरुले आगामी वर्षदेखि गाईजात्राका दिन देशभर सार्वजनिक बिदा दिन माग गरेका हुन् ।
सरकारले गाईजात्राको दिन काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा दिँदै आएको छ ।
तर, गाईजात्रा काठमाडौं उपत्यकामा मात्रै नभई देशका अधिकांश जिल्लामा मनाइने भएकाले देशभर नै विदा दिनुपर्ने सांसदहरुको माग छ ।
सांसदहरुले बझाङ सदरमुकाम चैनपुरलाई सेती नदीको कटानबाट जोगाउन र बाँकेका १२ गाविसलाई राप्ती नदीको कटानबाट जोगाउन सदन र सरकारको ध्यानाकर्षण गराए ।
यसैगरी यातायात क्षेत्रमा रहेको एकाधिकार, सडक दुर्घटना, महिला हिंसा, भाइरल ज्वरो र तीजमा तडकभडक रोक्न पनि सांसदहरुले सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरु रामहरि खतिवडा, यज्ञराज सुनुवार, रामहरि सुवेदी, जनकबहादुर बुढा, चन्द्रादेवी जोशी, केशवप्रसाद बडाल, केशरी घर्तीमगर, प्रेम सुवाल, केदारप्रसाद सञ्जेल, कान्ता भट्टराई, कल्पना शर्मा जोशी, कमलाकुमारी, देवराज भार र अखिलाल ओखेडालगायतले धारणा राखेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4