Comments Add Comment

आगलागीबाट ताप्लेजुङमा दुई घर जले

aaglagi3६ भदौ, ताप्लेजुङ । ताप्लेजुङको ढुङेसाँघुमा आगलागी हुँदा दुईवटा घरमा क्षति पुगेको छ ।

ढुङेसाघु ८ स्थित जिवन राईको कुखुराको खोरमा हिजो दिउँसो १ बजेतरि धुँवा लगाएर सुलसुले किरा मार्नेक्रममा आगलागी सुरु भएको थियो ।

आगलागीबाट राई तथा उनका बुवा चन्द्रबहादुर राईको घर तथा घरभित्र भएको जिन्सी मालसमानहरु जल्दा करिब दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानाएको छ ।

आगो स्थानीय गाँउले र अस्थायी प्रहरी पोष्ट ढुङेसाँघुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment