Comments Add Comment

जानकी मेडिकल कलेज र विद्यार्थीबीच ६ बुँदे सहमति

विरामीको उपचार र पढाई सुरु

Janaki-Medical-College,-Jan

७ भदौ, जनकपुरधाम । जनकपुरको जानकी मेडिकल र कलेज व्यवस्थापनविरुद्ध आन्दोलनरत विद्यार्थीहरूबीच ६ बुँदे सहमति भएको छ । सहमति पछि कलेजको पठनपाठन तथा शिक्षण अस्पतालबाट विरामीको सेवा सुचारु भएको छ ।

कलेजको होस्टेलमा नियमित विद्युत सेवा उपलब्ध गराउने, इन्टर्नसीपका विद्यार्थीहरुलाई उचित तलब तथा आवासको व्यवस्था गर्ने, शिक्षा नियमावलीअनुरुप चिकित्साशास्त्रका विद्यार्थीलाई अनुगमन भ्रमण लगायतका ६ बुँदे सहमति भएको कलेज प्रशासनले जनाएको छ ।

कलेज व्यवस्थापनको लापरवाहीका कारण अध्ययनरत विद्यार्थीहरुलाई समस्या भएको भन्दै एमबिबिएस अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका थिए । कलेजमा नयाँ व्यवस्थापनले राम्रो गर्दागर्दै पनि कलेजको कार्यकारी प्रमुखमा रतिशचन्द्रलाल कर्ण (सुमन) आएदेखि विवादमा पर्दै आएका छन् । कर्णले विद्यार्थीहरुको पठनपाठनप्रति खासै चासो नदिने गरेको एमबिबिएस अध्ययनरत विद्यार्थीहरुको गुनासो छ ।

वार्तामा कलेजका कार्यकारी प्रमुख रतिशचन्द्र लाल कर्ण (सुमन), प्रिन्सीपल हुकुमदेव साह, धर्मदत्त सुवेदी र आन्दोलनरत विद्यार्थीका प्रतिनिधिहरु सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment