+
+
Shares

लेबनानले लगायो नेपाली कामदारमाथि प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ७ गते १९:२९

lebanon
७ भदौ, काठमाडौं । लेबनानले नेपाली कामदार लिन बन्द गरेको छ । नेपाल सरकारले विदेशिने घरेलु कामदारका लागि ल्याएको नयाँ निर्देशिकाप्रति असन्तुष्टी जनाउँदै लेबनानले नेपाली कामदार लिन बन्द गरेको हो ।

श्रम तथा रोजगार मन्त्रालयले घरेलु कामदारका लागि विभिन्न अनिवार्य रुपमा शर्तहरु राख्दै ल्याएको निर्देशिका आफ्नो श्रम कानुनसँग बाझिएको भन्दै लेबनानले नेपाली कामदार लिन प्रतिबन्ध जारी गरेको हो ।

लेबनानको श्रम मन्त्रालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै कामदार मगाउने रिक्रुटमेन्ट कम्पनीले १० हजार डलर एकमुष्ट धरौटी राख्नुपर्ने र १० जना बढी कामदारका लागि जनही १ हजार डलर धरौटी थप्नुपर्नेसहित थुप्रै सुविधा लेबनानको श्रम कानुनले सम्बोधन नगर्ने भन्दै नेपाली कामदार तत्कालका लागि नलिने जनाएको हो ।

यसबारे लेबनान मामला हेर्ने इजिप्टको कायरोस्थित नेपाली नियोगसँग परामर्श गरिएको त्यहाँको श्रम मन्त्रालयले जनाएको छ । लेबनानमा अधिाकंश नेपाली महिला घरेलु कामदार जाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?