Comments Add Comment

थोक कारोबार गर्ने लघुवित्तलाई भदौभित्रै पुँजी वृद्धि योजना पेश गर्न राष्ट्र बैंकको निर्देशन

Nrb-810९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त कम्पनीहरुलाई भदौ मसान्तभित्र पूँजीवृद्धि योजना बुझाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौदि्रक नीति मार्फत राष्ट्रियस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाको २०७५ असार मसान्तसम्ममा ६० करोड चुक्ता पूँजी पुर्‍याउनु पर्ने व्यवस्था गरेको थियो ।

केन्द्रीय बैंकले थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुलाई समानुपातिक पूँजी वृद्धि योजना बनाएर ०७३ भदौ मसान्तभित्र योजना पेश गर्न निर्देशन दिएको हो । पुँजी वृद्धिको योजना बनाउँदा ०७४/७५ को बोनश शेयरलाईसमेत गणना गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ०७५ असारमसान्तभित्र तोकिएको पूँजी नपुर्याउने यस्ता संस्थाको नगद लाभांश तथा बोनस घोषणा, थप वित्तीय स्रोत संकलन, कर्जा प्रवाह र शाखा विस्तारमा रोक लगाउने निर्देशनमा उल्लेख छ ।

यसरी, राष्ट्र बैंकमा बुझाइएको पुँजी वृद्धिको योजना आफ्नो वेबसाइटमा राखेर सर्वसाधारणलाई जानकारी दिनुपर्ने पनि राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment