Comments Add Comment

एएनए सम्मेलनको आम्दानी खर्च बराबरः उपाध्यक्ष अधिकारी

वाशिंगटन डिसी । गत जुलाई पहिलो साता एटलान्टामा सम्पन्न भएको एएनए सम्मेलनको आर्थिक कारोबार पारदर्शी गरिएको नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले दावी गरेका छन् ।

ANA-Khagendra-Adhikariसंस्थाको कार्यसमिति फेरबदल भएपछि सम्मेलनका लागि आर्थिक कारोबारबारे अहिलेसम्म औपचारिक जानकारी नआएकोमा जिज्ञासा राख्दा बरिष्ठ उपाध्यक्ष अधिकारील आम्दानी तथा खर्च पारदर्शी बनाइसकिएको जानकारी दिए ।

अधिकारीले भने ‘सम्मेलन पश्चात संचालक समिति, कार्यकारी समिति तथा सल्लाहाकार समितिको सयुक्त बैठकमा हिसाब किताब पेश गरिसकिएको छ ।’ उनले अगाडि भने, ‘आम्दानी र खर्च बराबर भएको उक्त सयुक्त बैठकमा सम्मेलन संयोजक तथा आयोजक समितिका संयोजकले जानकारी गराइसकेका छन् ।’

एएनएका अध्यक्ष रोजर अधिकारीले गत अगस्त १४ तारिखमा राजिनामा गरे पछि शम्भु ढुंगाना अध्यक्ष तथा डिसी महानगर क्षेत्रका तत्कालिन उपाध्यक्ष खगेन्द्र अधिकारी वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।

गत महिना एएनएन एटलांटा सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा आफु निकै उत्साहित भएको बताउँदै अधिकारीले इतिहास बोकेको एएनएले महत्वाकांक्षी काम पूरा गर्ने बताए ।

अधिकारीले गैर नाफामुखी संस्था भएकोले नाफा कमाउने ध्येय नरहेकोले सम्मेलनको आम्दानी र खर्च बराबर जस्तै भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment