Comments Add Comment

गगन थापाको पहिलो निर्णयः बैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण समस्या समाधान

gagan thapa

१० भदौ, काठमाडौ । स्वास्थ्य मन्त्री गगन थापाले जीवनमा पहिलो पटक मन्त्री भएपछिको पहिलो काम बैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण सम्बन्धी फाइलमा हस्ताक्षर गरेर थालेका छन् ।

शीतल निवासमा मन्त्री पदको सपथ्रहण गरेर मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका थापाले बैदेशिक रोजगारमा जानेको स्वास्थ्य परिक्षणमा हुने समस्या समाधानका लागि समिति गठनको फाइलमा हस्ताक्षर गरे ।

वैदेशिक रोजगारीमा जाने युवाहरु विदेशमा स्वास्थ्य परिक्षण गराउँदा असफल भएर नेपाल र्फकन बाध्य बनेपछि मन्त्रालयले ‘समिति’ गठन गरि छानविनको प्रकृया अघि बढाएको हो । उक्त समितिले समस्याको अध्ययन गर्ने तथा छानविन गर्नेछ ।

समितिमा स्वास्थ्य मन्त्रालयका प्रथम श्रेणीका चिकित्सक रहनेछन् । त्यसैगरी नेपाल मडिकल काउन्सिलका एक चिकित्सक, श्रम तथा कानुन मन्त्रालयका एक अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासंघका प्रतिनिधि तथा वैदेशिक रोजगारीबाट फर्किएका एक व्यक्ति सदस्य रहनेछन् ।

वैदेशिक रोजगारीमा जाने क्रममा युवाहरुमा स्वास्थ्य परिक्षणलाई लिएर समस्या हुने गरेको विषयमा मन्त्रालयमा समेत बेलाबखत उजुरी पर्ने गरेको छ ।

समिति गठन पश्चात्त वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परिक्षण भरपर्दो र विश्वसनीय हुने मन्त्री थापाले बिश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment