११ भदौ, चितवन । मुग्लीनबाट नारायणगढ तर्फ जाँदै गरेको ट्रक त्रिशुली नदीमा खसेको छ ।

मुल्लीन नारायणगढ सडक खण्डको जल्लविरेबाट ना ३ ख ४५५६ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको हो ।
बालुवा लिएर जाँदै गरेको ट्रकमा चालक सहित ७ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा भारतकी जोधा शर्मा, चालक माडी का प्रकाश थापा, सोही ठाउँकी सविना चौधरी,विया चौधरी,प्रेम चौधरी , खोमन चौधरी, कल्पना चौधरी
घाइते भएका छन् । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहकाे छ ।
डाइभरले विपरित दिशाबाट आएको बसलाई साइड दिन खोज्दा त्रिशुलीमा खसेको घाइतेले जनाएका छन् ।
यसअघि हिजो राैतहटको गाैरबाट पोखरा जाँदै गरेको यात्रुबस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4