Comments Add Comment

सीमा क्षेत्रका अवैध मदिरा पसल बन्द गर्दै प्रहरी

Madira
फाइल फोटो

११ भदौ, वीरगन्ज। भारतीयहरुले सीमा क्षेत्रको नेपाली गाउँमा प्रवेश गरी मदिरा खाएर होहल्ला र अवाञ्छनीय क्रियाकलाप गर्न थालेपछि पर्सा प्रहरीले त्यस भेगमा सञ्चालित अवैध मदिरा पसल बन्द गराउन थालेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको सुरक्षाकर्मीको टोलीले अवैध रुपमा सञ्चालित करिब पाँच दर्जनभन्दा बढी मदिरा पसल बन्द गराएको हो ।

भारत विहार सरकारले मदिरा बिक्रीवितरणमा रोक लगाएपछि भारतीयले नेपाली सीमामा आएर मदिरा खाई गलत क्रियाकलाप गर्न थालेपछि प्रहरीले नेपाली सीमा क्षेत्रको पिराडी गुठी, छपकैया, अमरकट्टी, इनरुवा, विश्वा, आशबाढी, बुलगाइ, घोरे, मिर्जापुर, तिहुकी, ठेलराहा, प्रसैनीभाठा, जानकीटोल लगायत गाउँमा अवैध रुपमा सञ्चालित मदिरा पसल बन्द गरेको हो ।

पर्सा प्रहरीले नेपाल भारतको दशगजा क्षेत्र अन्तर्गत ५०० मिभित्र मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा समेतमा रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment