+

एग्युरोले म्यानचेष्टर डर्बी गुमाउने खतरा

२०७३ भदौ  १३ गते १५:५८ २०७३ भदौ १३ गते १५:५८
एग्युरोले म्यानचेष्टर डर्बी गुमाउने खतरा

Agyuro

१३ भदौ, काठमाडौं । म्यानचेष्टर सिटीका स्ट्राइकर सर्जिओ एग्युरोले म्यानचेष्टर डर्बी गुमाउने सम्भावना देखिएको छ ।

सिटीले लगातार तेस्रो जित हात पार्ने क्रममा आइतबार वेष्टहृयाममाथि ३-१ को जित हात पारेको छ ।

तर, खेलको ७५ औं मिनेटमा एग्युरोले धैर्यता गुमाए । वेष्टहृयामका डिफेण्डर विंस्टन रिडले उनलाई तानेका थिए । त्यसक्रममा एग्युरोले विपक्षी खेलाडीलाई कुहिनाले हाने । तर, रेफ्रीले यो घटना थाहा पाएनन् र, एग्युरो जोगिए ।

तर, खेलको भिडियो फुटेज हेरेर द फुटबल एशोसिएसनले उनमाथि ३ खेलको प्रतिवन्ध लगाउन सक्नेछ । यसो भएमा उनले म्यानचेष्टर डर्बी गुमाउनेछन् । म्यानचेष्टर डर्बी सेप्टेम्बर १० मा हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय