Comments Add Comment

संविधान संशोधन प्रक्रिया छिट्टै अघि बढ्छः कानुनमन्त्री

१३ भदौ, काठमाडौं । कानुनमन्त्री अजय शंकर नायकले संविधान संशोधन प्रक्रिया छिट्टै अघि बढाउने बताएका छन् ।

Ajaya-Shankar-Nayak,-Ministसोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा कानुनमन्त्री नायकले भने, ‘दलहरुवीच आन्तरिक छलफल चलिरहेको छ, एउटा निश्कर्ष आएपछि यो प्रक्रिया अघि बढ्छ ।’

संविधान संशोधनमा एमालेले नसघाउने निर्णय गरेको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘एमाले पनि यो देशको जिम्मेवार पार्टी हो, उसले सहयोग गर्छ भन्नेमा म चाहीँ आशावादी छु ।’

संविधानप्रति असन्तुष्ट मधेसी मोर्चासँग भएको तीनबुँदे सहमति कार्यान्वयनतर्फ उन्मुख रहेको उनले बताए । ‘सरकारले महत्वपूर्ण निर्णय गरिसकेको छ, अब मधेसको समस्या साधान हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु, यो कुरा स्वयम मोर्चाका नेताहरुले पनि महशुस गर्नुभएको छ,’ मन्त्री नायकले भने ।

असोज ३ गतेभित्रै ऐन कानुन

कानुनमन्त्री नायकले संविधान कार्यान्वयको लागि आवश्यक पर्ने ऐन, कानुनहरु द्रुत गतिमा निर्माण भइरहेको बताए । उनले भने, ‘प्राथमिकताका आधारमा अहिले ऐन तथा कानुनहरु धमाधम निर्माण गर्ने काम भइरहेको छ, मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु ।’

सरकारको प्रमुख दायित्व नै संविधान कार्यान्वयन गर्नु भएको भन्दै उनले भने, ‘संविधान कार्यान्वयन हुँदैन कि भनेर अहिले शंका-उपशंका भइरहेको छ, ढुक्क हुनुहोस् संविधान कार्यान्वयन हुन्छ ।’

मन्त्री नायकले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानुनहरु असोज ३ गतेभित्रै निर्माण गर्नसमेत आफूले निर्देशन दिएको जनाए । भाषा आयोग, उच्च अदालत गठन, न्याय परिषद, न्याय सेवा गठनलगायत अन्य कुराहरुमा समेत कानुन निर्माण छिट्टै गरिने उनको विश्वास थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment