Comments Add Comment

‘एकछिन बसेको’ भन्दै कर्मचारीले बेच्छन् ताप्लेजुङमा औषधि

सुधार गर्न एक साताको समय

१३ भदौ, ताप्लेजुङ । जिल्ला अस्पताल नजिकै र ताप्लेजुङ सदरमुकामभित्र खुलेका औषधि पसलहरु फर्मासिष्ट बिना नै सञ्चालनमा रहेको पाइएको छ ।

Medical-anugaman,-Taplejungअधिकांस औषधि पसलमा औषधि बिक्रीका लागि इजाजत लिने व्यक्ति कहिलै पसलमा नबस्ने र केहि औषधिको नाम र काम चिन्ने कर्मचारी राखेर अवैधानिक रुपमा औषधि बिक्री वितरण तथा विरामीको जाँच गरिरहेको पाइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेसहित जिल्ला अस्पताल ताप्लेजुङका डा. दिपक बन्जाडे सम्मिलित अनुगमन समितिले सोमबार गरेको औषधि पसलको अनुगमनका क्रममा केहि औषधि पसलका फर्मासिष्ट ईलाममा रहेको त केहिको पसलका फर्मासिष्ट अन्य काममा जाने र पसलमा औषधि बिक्री गर्न सामान्य जानकारलाई राख्ने गरेको पाइएको डा. बन्जाडेले बताए । ‘अनुगमनका क्रममा औषधि पसलमा भेटिएकाहरुले फर्मासिष्ट बाहिर जानुभएको छ म एकछिनमात्र बसेको भन्दै पन्छिने र सधैं उनीहरुले नै विरामिको चेक जाँच देखि लिएर औषधिसम्म बिक्री गरेको पाइयो,’ डाक्टर बन्जाडेले भने ।

अधिकांस औषधि पसल औषधि विभागमा दर्ता भए पनि अन्य मापदण्ड सबै पूरा नगरेको, केहि औषधि पसलमा विरामिलाई विल नदिने गरेको, म्याद सकिएको औषधि पनि बिक्रीमा राखेको, पसलको बोर्ड नभएको पाइएकाले एक साता भित्र सुधार गर्न निर्देशन दिएको डाक्टर बन्जाडेको भनाई छ ।

त्यस्तै सदरमुकाममा रहेको तमोर अस्पतालमा कार्यरत चिकित्सकको सक्कली प्रमाणपत्र साथमा नभएको तथा समयमा अस्पताल नविकरणका लागि प्रकृया नपुर्‍याएको अनुगमनका क्रममा फेला परेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

औषधि पसलको अनुगमन पहिलो पटक भएकाले सुधार गर्न एक साताको समय दिइएको र पुन त्यस्तो पाइए पसल सिल गर्ने प्रमुख जिल्ला अधिकारीले चेतावनीसमेत दिएका छन् ।

अधिकांस औषधि पसलले १० प्रतिशतसम्म औषधिमा छुट दिएको बताएकाले सेवाग्राहीलाई छुटको सदुपयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी पाण्डेले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment