Comments Add Comment

‘प्रेमगीत २’मा प्रदिप दोहोरिदा सुदर्शन नहुने, निर्माता भन्छन्-‘मलाई सहज लागेन’

नायक र निर्देशकलाई ८-८ लाख पारिश्रमिक

santosh pradip and ramsaran
गतबर्षको सफल चलचित्र ‘प्रेमगीत’को दोश्रो श्रृङ्खला पनि बन्ने भएको छ । निर्माता सन्तोष सेनको जन्मदिनको अवसर पारेर सोमबार चलचित्र निर्माणको घोषणा गरियो ।

यस्तै, जन्मदिनको अवसरमा चलचित्रका निर्देशक पनि घोषणा गरियो । चलचित्र ‘प्रेमगीत २’लाई रामशरण पाठकले निर्देशन गर्ने भएका छन् । जो चलचित्र ‘प्रेमगीत’का कथा लेखक हुन् ।

‘प्रेमगीत २’मा चलचित्र ‘प्रेमगीत’का निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्मा नदोहोरिने भएका छन् । निर्देशक थापालाई किन लिनु भएन भन्ने प्रश्नमा सन्तोषले भने-‘सबै चलचित्रमा सुदर्शन जी नै हुनुपर्छ भन्ने पनि छैन, हैन र । म आशुसेन फिल्मस्मा नयाँ नयाँ निर्देशकसँग काम गर्न चाहन्छु ।’ तपाई र सुदर्शन थापाविचको मनमुटाव मुख्य कारण हो भन्ने प्रश्नमा उनले भने-‘काम गरेपछि सामान्य मनमुटाव हुनु स्वभाविक नै हो । मलाई उहाँसँग काम गर्न सहज लागेन, यसैले फेरि काम गर्न सकेनौ ।’

उनले नायिकाको खोजी भैरहेको जानकारी दिए । ‘म्यूजिक भिडियो पनि नखेलेकी नायिका हामीले खोजिरहेका छौ, केही दिनमा नै फाइनल गर्नेछौ’, सन्तोषले भने ।
चलचित्रको छायांकन कात्तिकबाट थाइल्याण्ड, म्यानमार र नेपालमा गरिने छ । बर्मा र नेपालको कथालाई ‘प्रेमगीत २’मा देखाउने सन्तोषको भनाई छ । चलचित्रका लागि निर्देशक रामशरण पाठकलाई ८ लाख ७५ हजार पारिश्रमिक दिइएको सन्तोषले बताए । उनले भने-‘निर्देशन गरेवापत्त ७ लाख र कथा लेखनका लागि १ लाख ७५ हजार पारिश्रमिक दिएका हौ ।’

उनले नायक प्रदिप खड्काले डिमाण्ड नगरेपनि आफूले नै उनलाई ८ लाख पारिश्रमिक दिएको बताए । यो चलचित्रका लागि प्रदिपले अन्य थुप्रै अफर नकारेका कारण पनि आफूले ८ लाख पारिश्रमिक दिएको सन्तोषको भनाई छ ।

चलचित्रमा अर्जुन पोख्रेलको नै संगीत रहनेछ । गतबर्ष सांगीतिक रुपमा सफल मानिएको चलचित्र ‘प्रेमगीत’बाट नायक प्रदिप खड्काले खुबै चर्चा पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment