नायिका नम्रता श्रेष्ठको संभवत आजको मितिसम्म हेर्दा यो बर्ष कुनै पनि चलचित्र रिलिज नहुने देखिएको छ । कारण, नम्रताले चलचित्र ‘क्लासिक’ पछि कुनै पनि नयाँ चलचित्रमा काम गरेकी छैनन् । यो बर्ष उनलाई प्रेमी दावा शेर्पा र अवार्डले चर्चामा ल्याइदिएको छ ।
नम्रताले यो बर्ष अवार्डमा ह्याट्रिक गरिसकेकी छिन् । यस्तै, विभिन्न कार्यक्रममा प्रेमीसँग पुग्ने भएकाले पनि उनको चर्चा चुलिएको हो । तर, अवार्डकी विजेता नम्रताले नयाँ चलचित्र साइन गरेकी छैनन् । बरु, उनी प्रेमीसँग डेटमा नेपालका विभिन्न स्थान, भारत हुँदै न्यूजिल्याण्डसम्म पुगिन् ।
यसैले, उनको हातमा चलचित्र नै नभएको भन्दै गसिप बजारमा चर्चा भैरहेको छ । घोषणा भएको चलचित्र हेर्ने हो भने, नम्रता उनका प्रिय निर्देशक दिनेश राउतको चलचित्रमा काम गर्दैछिन् । यो चलचित्रको छायांकन थाइल्याण्डमा हुने बताइएको छ, तर डेट पक्का छैन ।
वुझिएअनुसार नम्रता निर्देशक तथा निर्माता सुरज सुब्बाको चलचित्रमा पनि काम गर्दैछिन् । सुरजले नम्रतासँग काम गर्ने बिषयमा कुरा भएपनि संझौता नभैसकेको बताए ।
उनकै समकक्षी नायिकाहरुले भटाभट चलचित्रमा काम गरिरहँदा नम्रता भने चुजी बनेकी छिन् । जसकाकारण, उनको अभिनयलाई दर्शकदेखि समिक्षकले तारिफ मात्र गरेका छैनन् उनको हातमा अवार्ड पनि ब्याक टू ब्याक परिरहेका छन् ।
प्रतिक्रिया 4