Comments Add Comment

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन

karnali helth instute१५ भदौ, जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्ला पदाधिकारीविहीन हुँदा कर्मचारी समस्यामा पर्दै आएका छन् ।

प्रतिष्ठानमा अहिले शिक्षाध्यक्ष डाक्टर धर्मराज श्रेष्ठ मात्र बहाल छन् ।उप–कुलपति डा पारसकुमार आचार्यको जेठ ११ गते बिदाइ भएको थियो । अस्पताल निर्देशक डाक्टर जावेद अहमद खान पनि झन्डै चार महिनाअघि ग्रान्डी हस्पिटल काठमाडौँमा गएको र रजिस्ट्रार श्याम लम्सालको साउन ३२ गते कार्यकाल सकिएकाले प्रतिष्ठान पदाधिकारीविहिन भएको प्रतिष्ठान जुम्लाका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जनाए ।

प्रतिष्ठानमा पदाधिकारी नहुँदा अहिले प्रशासनिक क्षेत्रमा बढी समस्या आएको अधिकृत शाहीले बताए । प्रतिष्ठानका नर्सिङ डिन गायत्री राईले पदाधिकारी नहुँदा बढी शैक्षिक एवम् प्राज्ञिक कार्यक्रम सञ्चालनमा समस्या आएको बताइन् । “पदाधिकारी अनुपस्थितिको समय बढी भएकाले प्रतिष्ठानमा अराजकता बढ्न थालेको छ, केही कर्मचारीले हेलचेक्र्याइँ गर्न थालेका छन्,” डिन राईले भिनन् ।

नेतृत्वविहीन हुनुले विशेषगरी बीचको तहलाई बढी चेपाइमा पारेको उनको भनाइ छ । प्रतिष्ठानमा कार्यरत कर्मचारीले भने जिम्मेवार पदाधिकारीको कार्यकाल समाप्त हुनु र नयाँ आइनपुगेकाले साउनको तलब खान नपाइएको कर्मचारी कर्णेन्द्र भण्डारीले गुनासो पोखे । “सरकारले नयाँ उप–कुलपति, रजिस्ट्रार र अस्पताल निर्देशक कहिले नियुक्त गर्दछ, त्यो तत्काल जानकारी भएको छैन”, अधिकृत शाहीले भने ।

प्रतिष्ठानमा अहिलेसम्म पनि कार्यकारी परिषद्को बैठक बस्न सकेको छैन । यसले गर्दा पनि प्रतिष्ठानको व्यवस्थापकीय पक्ष निकै कमजोर हुँदै गएको कर्मचारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment