Comments Add Comment

डीसीको अवार्डमा नम्रतादेखि साम्राज्ञीको प्रतिस्पर्धा, मनोनयमा ५ फिल्मको वर्चस्व

lg award tayarai
‘एलजी फिल्म अवार्ड’मा नायिका प्रियंका कार्की, नम्रता श्रेष्ठ, केकी अधिकारी, पूजा शर्मा र साम्राज्ञी राज्य लक्ष्मी राणावीच प्रतिस्पर्धा हुने भएको छ ।
१८ विधामा बाँडिने अवार्डको मनोनयन सूची मंगलवार सार्वजनिक भएको छ ।

मनोनयन सूचीमा उल्लेख भए अनुसार सर्वोत्कृष्ट नायिकाको प्रतिस्पर्धामा ‘वडा नं ६’ बाट प्रियंका कार्की, ‘क्लासिक’वाट नम्रता श्रेष्ठ, ‘भाग सानी भाग’वाट केकी अधिकारी, ‘प्रेमगीत’वाट पूजा शर्मा र ‘ड्रिम्स’वाट साम्राज्ञी राज्यलक्ष्मी शाह छन् ।

त्यस्तै ‘कबड्डी कबड्डीवाट रामबाबु गुरुङ, पशुपति प्रसादबाट दिपेन्द्र के खनाल, क्लासिकवाट दिनेश राउत, प्रेमगीतवाट सुदर्शन थापा र ड्रिम्सवाट भुवन केसी सर्वोत्कृष्ट निर्देशकको सूचीमा परेका छन् । सर्वोत्कृष्ट चलचित्रको सूचीमा पनि प्रेमगीत, क्लासिक, पशुपति प्रसाद, कबड्डी कबड्डी र ड्रिम्स परेको छ ।

सिनेमा वर्कसले आयोजना गर्न लागेको अवार्ड समारोहमा ‘वडा नम्बर ६’ उत्कृष्ट मनोनयनमा परेपनि चलचित्रमा भने परेको छैन । बिषयवस्तुका हिसाबले ‘वडा नम्बर ६’ पावरफूल मानिएको थियो । यस्तै, यो अवार्डमा पर्दा पछाडिका चलचित्रकर्मीलाई बढी स्थान दिइएको छ ।

यसपटक आयोजकले ‘पोष्टर निर्माण गर्नेदेखि स्टन्ट गर्ने चलचित्रकर्मीलाई अवार्ड दिने भएको छ । यस्तो विधा यस अगाडि आयोजना हुने कुनै पनि अवार्डमा समावेश गरिएको थिएन । अवार्डमा सहभागी हुन बलिउडका चर्चित कलाकार शत्रुधन सिन्हा नेपाल आउने बताइएको छ । अहिले अवार्डको तयारी धमाधम भैरहेको छ ।lg award

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment