Comments Add Comment

ओबामाले एशियाली देशहरुको भ्रमण गर्ने

Barak-Obama
१५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामा यसै हप्ता एशियाली देशहरुको भ्रमणमा निस्कने भएका छन् ।

उनको भ्रमण जलवायु परिवर्तन, अर्थव्यवस्था र एशिया प्रशान्तसँग सम्वन्धित मुद्दाहरुमा केन्द्रित हुने ह्वाइट हाउसले जनाएको छ ।

एकसाताको एशिया भ्रमणमा उनी निस्कने छन् जुन उनको एशिया प्रशान्त क्षेत्रको दशौं यात्रा हो । यस यात्राको क्रममा उनी चीन र लाओस पनि पुग्नेछन् । लाओस जाने ओबामा अमेरिकाको पहिलो राष्ट्रपति हुनेछन् ।

चीनमा चार सेप्टेम्बरमा आयोजना हुने जी-२० को शिखर सम्मेलनमा ओबामाले भाग लिनेछन् । त्यसको अघिल्लो दिन ओबामाले चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गर्ने ह्वाइट हाउसले जनाएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा उपसल्लाहकार बेन रोडेसले भनेका छन्, ‘हामी अमेरिका-चीन सम्बन्धसँग जोडिएका सबै मुद्दाहरुमा छलफल गर्नेछौं ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment