Comments Add Comment

रणवीर र ऐश्वर्याको अन्तरङ्ग दृश्यको चर्चा

a dil hai muskil
लभ स्टोरी कथामा चलचित्रमा बनाउन माहिर मानिएका निर्देशक करण जोहर निर्देशित चलचित्र ‘ए दिल है मुस्किल’ को टिजर सार्वजनिक भए लगत्तै ऐश्वर्या राय र रणबीर कपुरको अन्तरंग दृष्यको चर्चा सुरु भएको छ ।

१ मिनेट ३३ सेकेण्डको उक्त टिजरमा ऐश्वर्या, रणबीर र अनुष्का शर्माले मुख्य भुमिका निर्वाह गरेका छन् । टिजरमा केहि इमोशनल दृष्य राखिएकाले सामाजिक सञ्जालमा टिजरको चर्चा ब्यापक छ ।

यसअघि चलचित्रको फष्टलुक सार्वजनिक भएको थियो । टिजर र विभिन्न मिडियामा आएको गसिपकै कारण चलचित्रले थप चर्चा पाएको छ । केही समय अगाडि चलचित्रमा राखिएको इन्टिमेट दृश्यकै कारण बच्चन परिवारमा विवाद भएको मिडियाले उल्लेख गरेको थियो । २८ अक्टुबरमा यो चलचित्र रिजिल हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment