१६ भदौ । ताप्लेजुङ सदरमुकाममा ताजा तरकारीको माग बढेसँगै सदरमुकामसँग जोडिएको हाङ्देवा गाविसका कृषकहरु व्यवसायीक तरकारी खेतीमा लागेका छन् ।
सदरमुकाममा होटल व्यवसाय र बजार बढेकोले विक्री पनि राम्रो हुने भएकाले यस गाविसका कृषकहरु व्यवसायीक तरकारी खेती तर्फ आकषिर्त भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।
अहिले सो गाविसका कृषकहरुले सबै भन्दाबढि बन्दाकोपि र काउली लगाएका छन् त्यस्तै साग र टमाटर खेती तर्फ समेत कृषकहरु आकषिर्त भएकोे स्थानीय कृषक पासाङरिता शेर्पाले बताए ।
हाङ्देवा गाविससम्म सडक पुगेकाले पनि उत्पादित तरकारी बजार ल्याउन सहज हुने र आम्दानि समेत राम्रो हुने भएकाले व्यवसायीक रुपमा तरकारी खेती गरीएको उनले बताए ।
तरकारी बेचेरनै एक परीवारले मासिक बीस हजारसम्म आम्दानी गर्ने गरेका छन् । तराईका जिल्लाबाट ल्याएको सब्जि ओईलाएको र विषदिको प्रयोगबढि हुने भएकाले यो स्थानमा उत्पादित तरकारी प्रति ग्राहकको माग समेतबढि हुने गरको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका प्रमुख रविन्द्र बहादुर प्रधानले बताए ।
पछिल्लो समय हाङ्देवाका कृषकको तरकारी खेतिमा आकर्षण बढेकाले कार्यालयले विउ र अनुदान रकममा सहयोग र प्रोत्साहन समेत बढाएको प्रमुख प्रधानको भनाइ छ ।
प्रतिक्रिया 4