Comments Add Comment

सावधान ! रातमा बत्ति बालेर सुत्नाले क्यान्सरको खतरा

sleepहृाम्रो दैनिक जिवनमा साना तिना आनीबानीहरु पनि गम्भीर रोगका कारक बन्न सक्दछन् ।

बिहान उठिसकेपछि देखि लिएर रातमा सुत्दासम्म हामीले जे जति काम गर्दछौँ र हाम्रो दिनचर्या जो हुन्छ त्यसको सिधा सम्बन्ध हाम्रो स्वास्थ्यसँग हुन्छ । एक अनुसन्धानका अनुसार रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्दछ ।

विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ । तर औषधि पनि आवश्यकता भन्दा धेरै लिनु हानिकारक हुन्छ ।

यदि रातको समयमा कृत्रिम प्रकाश हाम्रो शरीरमा ठोक्काइरहन्छौँ भने त्यसले निश्चित रुपमा शरीरमा नकारात्मक असर पर्दछ । यसले हाम्रो निद्रा प्रभावित हुन्छ जसका कारण हाम्रो रक्तचापमा उतारचढाव आउँछ । कृत्रिम प्रकाशले मस्तिष्कमा पनि प्रभाव पार्दछ ।

शोधकर्ताहरुका अनुसार रातमा बत्ती बालेर सुत्नाले सरीरमा क्यान्सर कोशिकाहरु सक्रिय बन्दछन् । रातमा बत्ती बालेर सुत्ने महिलामा अँध्यारेमा सुत्ने महिलामा भन्दा स्तन क्यान्सरको जोखिम २२ प्रतिशतले बढ्ने शोधकर्ताहरुको निष्कर्ष छ ।

तपाइँलाई थाहा नहुनसक्छ, चिम्लिएको बन्द आँखाले पनि बाहिर विजुली बलिरहेको छ भन्ने थाहा पाउँछ । जसका कारण रातमा बत्ती बालेर सुत्दा गहिरो निद्रा पर्दैन । रातमा कम्प्युटरमा काम गर्नाले वा कम प्रकाशमा पढ्नाले पनि तनावको स्तर बढ्दछ ।

हाम्रो सरीरको जैविक घडी तथा जैविक चरित्रनै यस्तो हुन्छ जसले प्राकृतिक नियम अनुसार चल्न खोज्दछ । त्यसैले रातको समयमा प्राकृतिक रुपमा अँध्यारो नै होस् भन्ने सरीरले चाहन्छ । यदि रातको समयमा रातभर नै उज्यालो प्रकाशमा बस्ने र काम गर्ने गरिरहने हो भने केही समयपछि नै सरीरमा विभिन्न खाले नकारात्मक असर पर्दछन् ।

रातको सिफ्टमा काम गर्ने मानिसहरुमा तनाव, क्यान्सर, मधुमेह लगायतका समस्याको जोखिम बढ्ने तथ्य यसअघिका विभिन्न अध्ययनले पनि देखाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment