बलिउड नायक ऋतिक रोशनको करिअर अहिले गतिलो चलिरहेको छैन । यसैले, अहिले उनको बिषयमा बलिउडका अन्य कलाकारले पनि विभिन्न खालको टिप्पणी गर्न थालेका छन् ।
चलचित्र ‘फ्रिकी अली’को प्रमोशनका क्रममा दुबई पुगेका निर्देशक सोहिल खानले नायक ऋतिक रोशनको बारेमा आलोचनात्मक टिप्पणी गरेको एक भारतीय पत्रिकाले उल्लेख गरेको छ ।
चलचित्रमा नवाजुद्दिन सिद्धिकी मुख्य भूमिकामा छन् । दुबई प्रमोशनमा नायक सलमान खान पनि उपस्थित थिए । सोही समयमा सोहिलले नवाजुद्दिन जस्तो बन्न ऋतिकले १० बर्ष मिहिनेत गर्दा पनि नसक्ने भन्दै कडा टिप्पणी गरेका हुन् ।
नवाजुद्दिनको अभिनयबाट आफू प्रभावित भएको भन्दै सोहिलले ऋतिकसँग उनको तुलनामा प्रयोग गरेको शब्दको अहिले चर्चा भैरहेको छ । ३ बर्ष मिहिनेत गरेको खण्डमा ऋतिकले गर्न सक्ने काम नवाजुद्दिनले सहजै गर्न सक्ने उनको सोहिलको भनाई छ ।
सलमान खान र ऋतिक रोशन बलिउडमा एक अर्काको दुश्मनको रुपमा रहेका छन् । सायद, सोहिलले यसको फाइदा उठाएको हुनसक्छ । तर, सोहिल आफै नायकमा असफल भएपछि निर्देशनमा लागेका हुन् ।
प्रतिक्रिया 4