+
+
Shares

फास्ट ट्रयाक भारतलाई दिनुपर्छः गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १८ गते ६:५२

Bimalendra-Nidhi१८ भदौ, काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिनुपर्ने धारणा दोहोर्‍याएका छन् ।

संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार मान्त्री निधिले फस्ट ट्रयाकको निर्माण देशको हितमा रहेको दाबी गरे । ‘म भौतिक योजना मन्त्री हुँदा फाट ट्रयाक निर्माण ठेक्का दिन भारतीय कम्पनीसँग विधिवत रुपमा प्रारम्भिक सम्झौता भएको थियो’, उनले भने, ‘तर यसअघिको सरकारले जोसमा परियोजना आफैं बनाउने निर्णय गर्‍यो ।’

प्रमुख प्रतिपक्षी एमालेले फूट ट्रयाक बन्न नदिन भूमिका खेलिरहेको भन्दै उनले रोष प्रकट गरे । मन्त्री निधिले विगतमा अरुण तेस्रो जलविद्युत आयोजना निर्माण हुन नदिएकै कारण मुलुकमा विद्युत अभाव जारी रहेको बताए । उनले फास्ट ट्रयाकसमेत तुहाउने खेल भइरहेको बताएको अाजको अन्नपूर्णमा समाचार छ ।

सर्वोच्च अदालतले इन्फ्रास्टक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेज नामक विवादित भारतीय कम्पनीलाई फास्ट ट्रयाक  निर्माणको ठेक्क नदिन आदेश जारी गरिसकेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?