Comments Add Comment

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

narayad muglin sadak_pahiro१९ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चण्डिभन्ज्याङ गाविस–६ स्थित चार किलो र पाँच किलोको बीचमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारीअनुसार बिहान ६ः३० बजे ठूलो पहिरो खस्दा सडक छेउमा रहेको गोरे गुरुङ र कमल गुरुङको घरमा समेत सामान्य क्षति पुगेको छ ।

पहिरो पन्छाउने काम सुरु भइसकेकाले १० बजेसम्ममा सडक आवागमन खुल्न सक्ने प्रहरीको अनुमान छ । सडक बन्द भएपछि दुवैतर्फ सबारीसाधनको लाम लागेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment