+
+
Shares

कास्की देउरालीमा बाढीले एक घर बगायो, २५ घर जोखिममा

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७३ भदौ १९ गते ८:५९

Baglung-Badi2१९ भदौ, पोखरा । अविरल वर्षापछि आएको बाढीले कास्कीको देउराली गाविसमा घर बगाउँदा एक परिवार बिस्थापित भएका छन् ।

बाढीले देउराली गाविस वडा नम्बर २ देउराली फेदीका रनबहादुर गुरुङको घर बगाएको हो । बिस्थापित परिवारलाई सुरक्षित स्थायनमा अस्थायी बसोबासको ब्यबस्था मिलाइएको स्थानीय प्रसन्न गुरुङले जानकारी दिए ।

बाढीले सोही ठाउँका अन्य २५ बढी घर जोखिममा परेको स्थानिय रोशन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार स्थानीय सावित्री बसौला, हरिप्रसाद बसौला, ध्रुव बसौला, बेलु जोशी, रेशम श्रेष्ठ, प्रगती घिमिरे, हस्तकुमार श्रेष्ठ, श्यामलाल श्रेष्ठ, जुमलाल श्रेष्ठ, कमला जोशी, रामकुमार जोशी, हरि श्रेष्ठ, रामजी पौडेल, सन्तबहादुर गुरुङ, जसबहादुर गुरुङ, पुन नारायण श्रेष्ठ, मोहनलाल जोशी, प्रसन्न श्रेष्ठलगायतको घर बाढीको उच्च जोखिममा छ ।

बाढीले फेदीबाट डोटेलकुना र डाँडाको मुख जोड्ने कच्ची पुल समेत बगाएको छ । पुल बगाएपछि डोटेलकुनाबाट डाँडाको मुख आवतजावतमा समस्या उत्पन्न भएको छ । यसअघि सो ठाउँका १६ परिवार बाढीकै कारण बिस्थापित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?