Comments Add Comment

चितुवाको आक्रमणबाट १४ वटा भेडा मरे

१९ भदौ, म्याग्दी । म्याग्दीको चिमखोलाको दहबुकीमा चितुवाको आक्रमणबाट एउटै गोठका १४ वटा भेडा मरेका छन् ।

Leopard, Chituwaचिमखोला–१ नामिलाका यमबहादुर बुढाको गोठमा शनिबार राति चितुवाले आक्रमण गरेर भेडा मारेको हो । १४ भेडा मरेको र ६ वटा घाइते भएको कृषक बुढाले बताए ।

छ वटाको समूहमा आएका चितुवाले आक्रमण गरेको उनले बताए। करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । बुढाले चितुवा लखेट्ने प्रयास गरे पनि गोठमा एक्लै रहेकाले नसकेको बताए ।

पछिल्लो समय म्याग्दीको चरन क्षेत्रमा चितुवाको आतङ्क बढेको छ । खोप्रा क्षेत्रमा पनि चितुवाले आक्रमण गरेर चौँरीगाई र भेडाबाख्रा मारेर सताएको किसानले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment