+
+
Shares

फिल्मको प्रमोशनमा वेवास्ता गर्दा रोएकी थिइन् नम्रता

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २० गते ११:३५

namrata sapkota
शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘ब्रासलेट’ले अहिले देशभरका हलमा औषत व्यापार गरिरहेको छ । चलचित्रको कथावस्तु र सस्पेन्स पाटोलाई दर्शकले रुचाएकोमा निर्देशक निर्मल शर्मा खुशी देखिएका छन् ।

यो चलचित्रमा २ नायिका छन्, रजनी केसी र नम्रता सापकोटा । चलचित्रको प्रमोशनमा नायिका केसी नै अगाडि देखिइन् । रजनी देश दौडाहादेखि राजधानीमा पनि सक्रिय भइन् । तर, अर्की नायिका नम्रता सापकोटा भने प्रचारबाट टाढा नै रहिन् ।

तर, चलचित्र रिलिज भएपछि अहिले यी सुन्दरीले तारिफ पाइरहेकी छिन् । उनलाई अब चलचित्रमा काम गर्ने चाहना पनि बढेको छ । ‘परी’को भूमिकामा देखिएकी नम्रताको भूमिका र उनको कामलाई खुबै रुचाइएको छ । भेट्ने पत्रकारदेखि दर्शकले कामको तारिफ गरेको सुन्दा आफू खुशी भएको नम्रताले बताइन् ।

नम्रताले आफ्नो राज खोल्दै भनिन्-‘चलचित्र चलेपछि आफ्नो कामको मुल्यांकन हुनेमा ढुक्क थिएँ । तर, चलचित्रको प्रचारमा वेवास्ता गरिदा भने निकै दुख लागेको थियो ।’

उनले अगाडि थपिन्-‘केही रात त म पीडाले रोएकी पनि थिएँ । आफ्नो भाग्यमा नै यस्तो लेखिएको रहेछ भनेर चित्त वुझाएँ पनि ।’ चलचित्रमा पावरफूल भूमिका भएर पनि प्रचारमा निर्माणपक्षले वेवास्ता गर्दा कैयौ रात रोएकी नम्रता अहिले पनि ढुक्क भएको सुनाउँछिन् ।

चलचित्र क्षेत्रमा आएको केही बर्षमा पनि खासै व्यस्त नदेखिएकी यी नायिका ‘ब्रासलेट’ प्रतिक्रियाले भने चलचित्र खेल्ने जोश पलाएको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?