+
+
Shares

नगरभित्रै नागरिकताविहीन गाउँ

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २२ गते ६:३८

२२ भदौ, काठमाडों । सुर्खेतको भेरीगंगा नगरपालिकाअन्तर्गत मैनतडाका अधिकांश बासिन्दा नागरिकताविहीन छन् ।

nagariktaनागरिकताको प्रमाणपत्र नहुँदा उनीहरु सरकारी तथा गैरसरकारी निकायले दिने सेवाबाट समेत वञ्चित हुनु परेको छ ।

नगरपालिकाका बारेमा जानकारी नहुनु र सदरमुकामसम्म पुग्ने गाडीभाडा नहुँदा आफूहरुले नागरिकता बनाउन नसकेको स्थानीयको भनाइ रहेको अाजको अन्नपूर्णमा समाचार छ ।

सरदमुका वीरेन्द्रनगरबाट पूर्वमा रहेको मैनतडा भेरीगँगा नगरपालिकाको वडा नम्बर ३ मा पर्छ । गाउँमा उत्पादन नहुँदा यहाँका अधिकांश परिवार मजदूरीका लागि घरमा ताला लगाएर मात्र भारत जाने गर्छन । दसैको बेलामा मात्र गाउँलेहरु भारतबाट घर र्फकने र त्यतिबेला प्रशासन बन्द हुने भएकाले उनीहरुले नागरिकता बनाउन नपाएका हुन् ।

यस्तै प्रायः पुरुषहरु रोजगारीका लागि भारतमा रहेका काराण महिलाहरु नागरिकताका बारेमा अनभिज्ञ हुँदा पनि गाउँमा नागरिकताविहीनको संख्या बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?