+
+
Shares

मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो, सडक अवरुद्ध

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ भदौ २२ गते ७:३०

muglin_pahiro२२ भदौ, चितवन । गएराति वर्षासँगै आएको पहिरोले मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । राति १ बजे आएको पहिरोको कारण ४ वटा घरहरुमा समेत क्षति पुर्‍याइएको छ ।

पहिरोले चण्डिभञ्ज्याङ्ग-९ का किसान गुरुङ्ग र टायर पसल बस्दै आएको घरमा क्षति पुर्‍याएको छ । पहिरो गएको समयमा सोही घरमा रहेका गुरुङ्ग पहिरो र्झन थालेसंगै भागेर ज्यान बचाउन सफल भएका छन् ।

अहिले पहिरो हटाउन २ वटा लोडर र १ वटा स्काभेटरको प्रयोग गरिएको छ । पहिरो रोकिएपछि विहान ६ बजेबाट उक्त पहिरो हटाउन सुरु गरिएको छ ।

पहिरो ठूलो भएको कारण अझै ३ देखि ४ घण्टा लाग्न सक्ने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?