२२ भदौ, काठमाडौं । यस वर्षको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार अर्थ सचिव सचिव शान्तराज सुवेदीलाई प्रदान गरिएको छ ।
१३ औं निजामती सेवा दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुवेदीलाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरेका हुन् ।
मुख्य सचिव डा.सोमलाल सुवेदीको सयोजत्वका गठित पाँच सदस्यीय पुरस्कार छनौट समितिले सचिव सुवेदीलाई सर्वोत्कृष्ट पुरस्कार दिने निर्णय गरेको थियो । पुरस्कारको राशि दुई लाख रूपैयाँ रहेको छ ।
यसैगरी यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिएको छ ।
समितिले सिफारिस गरेअनुसार पुरस्कार पाउनेमा किरण पौडेल सहन्यायधिवक्ता महान्याधिवक्ताको कार्यालय, देवेन्द्र कार्की सहसचिव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खगेन्द्रप्रसाद सुवेदी मुख्य मनोविज्ञान वेत्ता सहसचिव लोक सेवा आयोग गजेन्द्रबहादुर श्रेष्ठ उपमहालेखा नियन्त्रक महालेखा नियन्त्रकको कार्यालय, प्रदीपराज कँडेल उपसचिव गृहमन्त्रालय रहेका छन् ।
यसैगरी हुमबहादुर केसी उपसचिव कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, माधवप्रसाद लामिछाने निर्देशक महालेखा परीक्षकको कार्यालय, हरिबाबु पोखरेल उपसचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गोकुल बस्नेत उपसचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कृष्णबहादुर बोगटी इन्जिनियर खानेपानी तथा सरसफाइ कार्यालय बझाङ रहेका छन् । पुरस्कारको राशी जनही एक लाख रहेको छ ।
यसैबीच दिवसको अवसरमा बिहान प्रभातफेरी र्याली निकालिएको छ । भृकुटीमण्डपबाट सुरु भएको र्याली भद्रकाली, न्युरोड, रत्नपार्क हुँदै नेपाल प्रज्ञा-प्रतिष्ठानमा पुगेको थियो ।
हेर्नुहोस् निजामती सेवा दिवसमा सम्मानित हुने कर्मचारीहरूको सूची
प्रतिक्रिया 4