केही बर्षदेखि बाहिरी ब्यानरका चलचित्र नखेलेकी नायिका रेखा थापाले यो बर्ष भने ३ वटा चलचित्रमा अभिनय गर्दैछिन् । रेखा फिल्मस् भन्दा अन्य ब्यानरका चलचित्रमा एकपछि अर्को रुपमा काम गर्दै रेखा व्यस्त देखिएकी छिन् । आफ्ना ब्यानरका चलचित्रमा खलपात्रलाई पिट्दै आएकी रेखा अन्य ब्यानरका चलचित्रमा भने फरक-फरक अवतारमा देखिएकी छिन् ।
कृषा चौलागाइको निर्माणमा छायांकन सकिएको चलचित्र ‘पलाँस’मा रेखाको भूमिका खुलाइएको छैन । यो चलचित्रको टिजर रिलिज भएसँगै रेखाको भूमिकालाई लिएर सर्वाधिक चर्चा र प्रशंसा गरिएको छ । यस्तै, नायक सविन श्रेष्ठको ब्यानरमा निर्माण भएको चलचित्र ‘हिरो रिटन्र्स’मा रेखा एक्सन लेडीको रुपमा देखिदैछिन् ।
भदौ २६ गतेबाट छायांकनमा जाने चलचित्र ‘डायरी’मा भने रेखा बोल्ड खल-नायिकाको भूमिकामा देखिदैछिन् । रेखाले फेसबुकबाट सार्वजनिक गरेको तस्बिरमा उनी बोल्ड अवतारमा देखिएकी छिन् । नायिका थापा ब्यानर बाहिरका चलचित्रमा खुल्दैछिन् भन्ने यी तस्बिरले पनि प्रष्ट हुन्छ ।
प्रतिक्रिया 4