Comments Add Comment

पोखरा लेखनाथमा पहिरो, चार बालबालिकाको मृत्यु

pahiro_palpa
फाइल फोटो

२३ भदौ, पोखरा ।  बुधबार रातिदेखि परेको अविरल वर्षपछि आएको पहिरोले लेखनाथ-४ खरानीफाँट पैतेमा चार बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई वालक र २ वालिका रहेका छन् ।

राति करीब ११ बजे घर माथीबाट आएको पहिरोले गारो भत्काएर घर पुरिदा लक्ष्मी सुनारको १४ वर्षीया छोरा निशान सुनार, ९ वर्षीया छोरी रविना सुनार, ७ वर्षीया छोरी अञ्जिला सुनार र साढे २ वर्षीया नाती सलमान सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृत्यु हुने सलमान आमासँग मामा घर आएका बेला पहिरोमा पुरिएर ज्यान गएको हो । उनी बुधबार मात्रै आमा अर्पणासँग मामा घर गएका थिए । हेटौंडा घर भई पोखरामा बस्दै आएकी अर्पणा छोरालाई लिएर माइती गएको बेला उनलाई बज्रपात परेको हो ।

पहिरोले लक्ष्मी सुनारकी २५ वर्षीय छोरी कविता सुनार र १० वर्षीया सजिना सुनार पनि घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । उनीहरुलाई प्रहरीले स्थानियको सहयोगमा उद्धार गरी राती नै उपचारका लागि अस्पताल ल्याएको थियो ।

चन्द्रकलाका श्रीमान किर्तबहादुर सुनार भने मंगलबार घरबाट निस्केर बुधबार दिउँसो साउदीअरब उडेको आफन्तले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment