+
+

कर्णालीमा जन्म र मृत्यु भएमा २० किलो चामल सित्तैमा

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २३ गते १२:३०

Pushpa_Kamal_Dahal_Prachand२३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली क्षेत्रका बासिन्दालाई जन्म र मृत्यु संस्कार गर्न विशेष सहयोग दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री भएपछि विहीबार पहिलो पटक संसदलाई सम्बोधन गर्दै उनले कर्णालीमा जन्मनासाथ र मृत्यु हुनासाथ २० किलो चामल सित्तैमा दिने घोषणा गरेका हुन् ।

यसअघि प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भएलगत्तै बसेको मन्त्रिपरिषदको पहिलो बैठकले कर्णाली क्षेत्र र देशभरका दलितहरुको शिशुको जन्मदर्ता समयमै गर्नेलाई एक हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?