Comments Add Comment

सरकारलाई एमालेको प्रश्नः चिनियाँ राष्ट्रपतिको भ्रमण रोकिएको हो ?

Rajendra-Pande

२४ भदौ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे सरकारसँग जवाफ मागेको छ ।

संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद राजेन्द्र पाण्डेले चिनियाँ राष्ट्रपति शी जिनपिङको भ्रमण रोकिएको भन्ने खबर आएको भन्दै के हो प्रष्ट पार्न माग गरे ।

प्रधानमन्त्री प्रचण्डले सन्तुलित विदेश नीति नलिएको दाबी गरेको भन्दै उनले प्रश्न गरे, ‘चिनियाँ राष्ट्रपति आउने तय भएको थियो । अहिले रोकिएको भन्ने खबर आएको छ । के भएको हो सरकारले सदनमा जानकारी गराउनुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले संसदमा गरेको सम्बोधन नीति तथा कार्यक्रम हो भनेर उनले प्रश्न गरेका छन् ।

प्रचण्ड स्वयमले अघिल्लो सरकारले ल्याएको कार्यक्रमहरुका लागि कहाँबाट पैसा आउँछ भनेर प्रश्न गरेको स्मरण गर्दै उनले भने, ‘आज म प्रश्न गर्न चाहन्छु, कहाँबाट आउँछ पैसा ?’

भूकम्प पीडितले ५० हजार रुपैयाँ समेत पाउन नसकेको बेला सरकारले ८ लाखसम्म दिने घोषणा गरेको भन्दै उनले भूकम्प पीडितले घोषणा मात्र पाउने हो भनेर प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment