Comments Add Comment

भ्रष्टाचार अभियोग लागे राजीनामा दिन्छुः मन्त्री बुढाथोकी

'भ्रष्टाचार आँखाले नदेखिए पनि गन्धबाट थाहा हुन्छ'

Keshab-Kumar-Budhathok२४ भदौ, काठमाडौं । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले भ्रष्टाचारको अभियोग लागे पदबाट राजीनामा दिने बताएका छन् ।

सामान्य प्रशासनमन्त्री बुढाथोकीले शुक्रबार व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा मुलुकमा भ्रष्ट्राचार रोक्ने अभियान राजनीतिक नेताहरुबाट सुरु गर्नुपर्ने भन्दै भ्रष्टाचारको अभियोग लागे आफूले तत्कालै राजीनामा दिने बताए ।

भ्रष्टाचार गरेको आँखाले नदेखिए पनि गन्धबाट थाहा हुने भन्दै उनले आफ्नो मन्त्रालय मातहतका कर्मचारीले भ्रष्टाचार गरेको थाहा पाए कसैको कुरा नसुनी तत्कालै कारवाही गर्ने चेतावनी पनि दिए ।

बैठकमा मन्त्री बुढाथोकीले कर्मचारी प्रशासनलाई संघीय स्वरुपमा लानु आफ्नो मुख्य प्राथमिकता भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment