+
+
Shares

हल पुगेर किन रोए दीपा र प्रियंका ?

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २४ गते १४:५१

deepa and priyanka crying
शुक्रबार बिहानै काठमाण्डौको गोपिकृष्ण हल पुगेका कलाकारद्धय दीपाश्री निरौला र प्रियंका कार्कीको आँखामा आँशु टिलपिलियो । दीपा र प्रियंका एकाएक रुन थाले । दीपा र प्रियंका रोएपछि छेउमै रहेका कलाकार तथा निर्माता दीपकराज गिरीको अनुहार पनि केही मलिन भयो ।

आखिर, एक बिहानै हल पुगेर दीपा र प्रियंका किन रोएका होलान् ? यी दुई कलाकार रुनुको कारण हो, ‘छक्का पन्जा’लाई दर्शकले दिएको माया । एक बिहानै काठमाण्डौको गोपिकृष्ण हलमा दर्शकको उच्च चाप भएपछि खुशीको आँशु झादै निर्देशक र नायिका रोएका हुन् । उनीहरुले चलचित्रका लेखक, कलाकार तथा निर्माता दीपकराज गिरीको गालामा चुम्बन पनि गरे ।

आजबाट रिलिजमा आएको दीपाश्रीको डेब्यू निर्देशन रहेको यो चलचित्रले मल्टिप्लेक्समा १२ बजेपछि राम्रो व्यापार गरिरहेको छ भने सिंगल हलमा बिहानी शोबाटै दर्शक तानेको छ । भोली शनिबारको दिन चलचित्रको व्यापार आक्रमक  हुने अनुमान गरिएको छ । मल्टिप्लेक्समा आज र भोलीका लागि बुकिङ पनि सुखद छ ।

दर्शकले दिएको मायाले खुशी भएको भन्दै दीपाश्रीले उत्साह व्यक्त गरिन् । उनले दर्शकको मायाका कारण खुशीको आँशु आएको भन्दै सबैलाई धन्यवाद दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?