काठमाडौं । नेपाली चलचित्र निर्देशकले एउटा चलचित्र निर्देशन गरे वापत कति पारिश्रमिक पाउछन् होला ? ५ लाख, १० लाख वा त्यो भन्दा पनि धेरै ।
‘कबड्डी कबड्डी’ निर्देशक रामबाबु गुरुङले लिने पारिश्रमिक सुन्नु भयो भने अचम्म लाग्छ सक्छ । उनी एउटा फिल्म निर्देशन गरेको पारिश्रमिक लिन्छन् २५ लाख रुपैयाँ । ‘झोले’ को सिक्वेल बनाउन लागेका निर्देशक गुरुङले २५ लाख पारिश्रमिक लिएर काम गर्दैछन् ।
‘बाहिरको मात्रै हैन म आफ्नै फिल्ममा पनि पनि पारिश्रमिक र शेयर गरेर २० देखि २५ लाख छ्ट्याउछु’ उनले भने । उनले यसअघि बनाएको कबड्डी र कबड्डीवाट पनि २०/२० लाख पारिश्रमिक लिएका थिए ।
उनलाई एउटा फिल्मको काम सम्पन्न गर्न ६ महिनादेखि १ वर्षसम्म लाग्छ । त्यसकारण आफुले लिने गरेको पारिश्रमिक सामान्य हो जस्तो लाग्छ उनलाई । ‘नेपालमा निर्देशकको जिम्मेवारी धेरै हुन्छ त्यसकारण २५ लाख पारिश्रमिक धेरै हो जस्तो लाग्दैन मलाई’ उनले भने ।
स्त्रिmप्ट कस्तो लेख्नेदेखि, कलाकार कसरि छान्ने र रिलिज कसरि गर्ने भन्ने समेत निर्देशककै काँधमा आईपर्छ । उनले हरेक फिल्ममा यस किसिमको मेसो मिलाउने गरेका छन् ।
पहिला फिल्म राम्रो बन्नु पर्यो
नेपालमा बनेका धेरै फिल्मले लगानी उठाउने सामथ्र्य राख्दैनन् । रामबाबु मात्रै त्यस्ता निर्देशक हुन्, जसको फिल्मले समिक्षकको तारिफ पाउछ, भने दर्शकले पनि फिल्म हेरेर वाह भन्छन् । उनको कसैप्रति कुनै गुनासो छैन ।
जो दर्शकको मनोभावना अनुरुप फिल्म बनाउन सक्दैनन् । सरकारी निति नियम राम्रो भएन भन्नेदेखि दर्शकलाइ नै गाली गर्न पनि बेर मान्दैनन् । रामबाबु भन्छन् ‘दर्शक बढाउन निति नियम मात्रै राम्रो भएर हुँदैन । सबै भन्दा पहिला फिल्म राम्रो हुनुपर्छ’
कालो पोथी, ह्वाइट सन, हाइवे जस्ता फिल्मले बिदेशका प्रतिष्ठित अवार्डमा समेत स्थान पाएकाले उनी नेपाली फिल्मप्रति आशावादी देखिए । ‘हामीकहाँ मौलिक फिल्म बन्न भर्खर सुरु भएको छ त्यसकारण आशावादी छु’ गुरुङले भने ।
नेपाली पनको फिल्म बन्यो भने स्वदेशी एवं विदेशी दर्शकले नेपाली फिल्मलाई मन पराउने उनको बुझाई छ । उनले बनाएको पछिल्लो चलचित्र ‘पुरानो डुंगा’ प्रदर्शन हुन बाँकी छ ।
प्रतिक्रिया 4