+
+

६८ करोडको एनएमबी ‘हाइब्रिड फण्ड’ निष्काशन हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २६ गते ११:०६

२६ भदौ, काठमाडौं । एनएमबी बैंक कोष प्रवर्द्धक रहेको एनएमबी म्यूचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबी हाइब्रिड फण्ड एल-१ को धितोपत्र आइतबारदेखि निष्काशन हुँदै छ ।

NMB-mBankप्रतिइकाइ १० रुपैयाँका दरले ६८ करोड रुपैयाँ बराबरका न्यूनतम ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।  यो फण्ड छिटोमा भदौ ३१ गते निष्काशन बन्द हुने बताइएको छ ।

यो फण्ड किन्ने सर्वसाधारणले १० रुपैयाँ लगानी गरेर सेयर बजारमा प्रवेश गर्न पाउने छन् । सेयर बजारसम्बन्धी कम बुझेका व्यक्ति स्वयंले प्रत्यक्ष सेयर कारोबार गर्दा बढी जोखिम हुने भएकाले यस्तो फण्डमा लगानी गरी आफु सुरक्षित भएर पनि सेयर कारोबारमा आवद्ध हुन पाउनेछन् ।

यो फण्ड निष्काशनभन्दा पहिले एनएमबी म्युचुअल फण्डअन्तर्गत एनएमबी सुलभ इन्भेष्टमेण्ट फण्ड-१ सञ्चालनमा रहेको छ ।

करिब २ वर्ष अगाडि निष्काशन गरिएको उक्त फण्डको ०७३ साउन मसान्तसम्म खुद सम्पत्ति मूल्य १९.०३ रहेको छ ।

हाल बजारमा सञ्चालनमा रहेका प्रायः सबै योजनाहरुले राम्रो प्रतिफल दिइरहेको अवस्थामा आगामी दिनमा लगानीकर्ताहरुका लागि म्युचुअल फण्डको योजनामा लगानी गर्नु लगानीको राम्रो अवसर हुन सक्ने एनएमबी क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?